You are here: Home
जानकारीहरु
सदस्यता प्राप्त गर्ने सम्बन्धी जानकारी
१. संस्थाको कार्यक्षेत्र भित्र स्थायी बसोबास गरेको हुनुपर्ने ।
२. सदस्यताको लागि १६ वर्ष पुरा भएको हुनुपर्ने ।
३. नेपाली नागरिकताको फोटो कपी एक प्रति ।
४. पासपोर्ट साइजको तीन प्रति र अटो साइजको एक प्रति फोटो ।
५. न्यूनतम शेयर खरिद ५० थान अनिवार्य ।
६. मासिक बचत (रु. २०० देखि ५०००) अनिवार्य ।
७. सदस्य कल्याण बचत रु. २०० ।
८. प्रवेश शुल्क रु. १०० ।
९. सामाजिक सुरक्षा कोष रु. ५०० ।
१०.सदस्यता फाराम संस्थाबाट उपलब्ध हुने ।
बचत सम्बन्धी जानकारी
१. मासिक बचत रु. २०० देखि ५००० सम्म जम्मा गर्न सकिने छ ।
२. मासिक बचत महिनाको मसान्तसम्म जम्मा गर्नुपर्नेछ अन्यथा रु. १० बिलम्ब शुल्क लाग्नेछ ।
३. नियमित बचत फिर्ता लिन चाहेमा ५ वर्षपछि मात्र ५० प्रतिशत फिर्ता लिन सकिनेछ ।
४. नाबालक बचत मासिक न्यूनतम रु. १०० देखि रु. २००० सम्म जम्मा गर्न सकिनेछ ।
५. नाबालकको हकमा १६ वर्ष उमेर पुगेपछि मात्र बचत फिर्ता गर्न सकिने छ ।
६. साधारण बचत न्यूनतम रु. १०० देखि जति पनि रकम जम्मा गर्न सकिनेछ ।
७. बचत भुक्तानी लिनको लागि अनिवार्य भुक्तानी आदेश पूर्जा (चेक) को प्रयोग गर्नुपर्नेछ ।
८. आवधिक बचत न्यूनतम रु. १०००० देखि जति पनि रकम जम्मा गर्न सकिनेछ ।
९. आवधिक बचतको अवधि पुरा नहुँदै रकम झिक्न पाइने छैन ।
१०. खुत्रुके बचत रु. १०० देखि जति पनि रकम जम्मा गर्न सकिने छ ।
११. खुत्रुके बचतको रकम साधारन सरह फिर्ता गर्न सकिने छ ।
१२ दैनिक बचत रु. १०० देखि ५००० सम्म रकम जम्मा गर्न सकिने छ ।
१३. दैनिक बचत ६ महिना पुरा भएपछि मात्र फिर्ता गर्न सकिने छ ।
१४. चमेली विशेष बचत न्यूनतम रु. १०,००० देखि माथि जति पनि रकम जम्मा गर्न सकिने छ ।
१५. लघुवित्त समुह बचत रु. १०० देखि ५०० सम्म जम्मा गर्न सकिने छ ।
१६. ज्येष्ठ सदस्य बचत न्यूनतम रु. ५००० मा खाता खोली जति पनि रकम जम्मा गर्न सकिने छ ।
१७. ज्येष्ठ सदस्य बचत भुक्तानी लिन भुक्तानी आदेश पूर्जा (चेक) को प्रयोग गर्नु पर्नेछ ।
१८. पेन्सन बचत मासिक रुपमा रु. २०० देखि १,००० सम्म जम्मा गर्न सकिने छ र १५ वर्ष पछि मात्र पेन्सनको रुपमा वा एकमुष्ठ भुक्तानी लिन सकिने छ ।
१९. चमेली सुनौलो भविष्य बचत योजना मासिक रु. ५०० देखि २,००० सम्म जम्मा गर्न सकिने छ र १५ वा २० वर्ष पछि मात्र एकमुष्ठ भुक्तानी लिन सकिने छ ।
२०. बचत सम्बन्धी विस्तृत जानकारीको लागि कार्यालय समयमा संस्थामा सम्पर्क गर्नुहोला ।
ऋण माग गर्दा आवश्यक कागजातहरु
१. ऋण माग फाराम ।
२. व्यवसायिक परियोजना पत्र ।
३. नेपाली नागरिकताको फोटोकपी एक प्रति ।
४. लालपूर्जा सक्कल तथा प्रतिलिपी ।
५. सम्बन्धी कित्ताको ब्लुप्रिन्ट तथा टेस नक्सा ।
६. कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी ।
७. व्यवसायको दर्ता प्रमाणपत्र नविकरण सहित ।
८. पारिवारिक तथा आय व्यय विवरण ।
९. घरमुलीको मन्जुरीनामा ।
शैक्षिक ऋणको लागि अतिरिक्त कागजातहरु
१. सम्बन्धित कलेजको कन्फर्मेशन पत्र ।
२. भिसा र पासपोर्टको प्रतिलिपि ।
३. मुद्रा सटहीपत्रको प्रतिलिपि ।
४. अन्य आवश्यक कागजपत्रहरु ।
ऋण सम्बन्धी जानकारी
१. सदस्य जमानी तथा बचत जमानी ऋण रु. २,००,००० सम्म लगानी गरिनेछ।
२. कृषि तथा पशुपालन ऋण रु. ५०,००,००० सम्म लगानी गरिनेछ ।
३. शैक्षिक ऋण रु. ५०,००,००० सम्म लगानी गरिनेछ ।
४. व्यवसायिक ऋण १,३०,००,००० सम्म लगानी गरिनेछ ।
५. लघुवित्त समूह जमानी ऋण व्यवसायको आधारमा रु. २,००,००० सम्म गरिनेछ ।
६. हायरपर्चेज ऋण धितो जमानीमा रु. ३०,००,००० सम्म लगानी गरिनेछ ।
७. खरखाँचो ऋण रु. २०,००,००० सम्म लगानी गरिनेछ ।
८. वैदेशिक रोजगार ऋण रु. १०,००,००० सम्म लगानी गरिनेछ ।
९. मुद्दती रसिद धितो ऋण ९० प्रतिशत सम्म लगानी गरिनेछ ।
१०. स्वास्थ्य उपचार ऋण
क) ६ महिनाको लागि बिना व्याज रु. २५,००० सम्म लगानी गरिनेछ ।
ख) धितो जमानीमा रु. ३,००,००० सम्म लगानी गरिनेछ ।
११. वैकल्पिक उर्जा ऋण रु. ३,००,००० सम्म लगानी गरिनेछ ।